काठमाडौं, ३ मंसिर । अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा संसदमा आज पनि छलफल हुँदैछ ।
बिहान एघार बजेपछि नयाँबानेश्वरमा बस्ने संसद बैठकमा महाअभियोग प्रस्तावमा धारणा राख्न बाँकी सांसदहरूले बोल्ने छन् । स्रोतका अनुसार सांसदहरूको सूची लामो रहेकाले महाअभियोग प्रस्तावको छलफल लम्बिएको हो ।
महाअभियोगसम्बन्धी छानविन गर्न बनेको समितिले आफ्नो कार्यविधि तयार पारेकाले प्रस्तावलाई संसदमा छलफल टुङ्ग्याएर समितिमा पठाउन दबाब दिनुपर्ने अवाज पनि उठ्दै आएको छ ।
महाअभियोग समितिले आफ्नो कामलाई पनि तीब्रता दिन खोजेसँगै संसद बैठक निरन्तर बसेर छलफल सक्नुपर्ने एक सांसदले बताए ।











प्रतिक्रिया