२ मंसिर २०८३, बुधबार

सरकारले तलब बढाउन खोज्नु सकारात्मक : भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rewati-raman-bhandariकाठमाडौं, ३ कात्तिक । एमालेका नेता तथा सांसद रेवतीरमण भण्डारीले ०५२ सालमा दिइएको सांसदहरूको सेवासुविधा पर्याप्त नरहेको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता भण्डारीले भन्नुभयो, ‘०५२ सालको सेवासुविधा पर्याप्त छैन ।’ उहाँले अहिलेको सरकारले सांसदको सुविधा केही समय सापेक्ष बढाउन खोजेको उल्लेख गर्नुभयो ।

सरकारले बढाउन लागेको सांसदहरूको सेवा सुविधासम्बन्धि विधेयक सकारात्मक रहेको बताउनुभयो । एमाले नेता भण्डारीले आफू व्यक्तिगत रुपमा सुविधा बढाउनु पर्छ भन्ने पक्षमा नरहेको उल्लेख गर्नुभयो ।