काठमाडौं, २ कात्तिक । नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौं आइपुगेको छ ।
नेपाल र जापानको द्वौन्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) र कलरबाथको आयोजनामा शनिबार हुने च्यारिटी म्याच खेल्न १६ सदस्यीय जापानी टोली विहिबार काठमाडौं आइपुगेको कलरबाथका अध्यक्ष गणेशमान लामाले बताए ।
लामाका अनुसार जापानका पूर्वविश्वकप खेलाडी काजुयिका टोडाको कप्तानीमा आएको टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास पनि गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोली र फ्रेण्ड्स अफ जापानबीच शनिबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समा खेल हुनेछ । ‘खेलबाट उठेको रकम भूकम्प प्रभावित जिल्लामा खर्च गर्ने हाम्रो योजना छ,’ आयोजक कलरबाथका अध्यक्ष लामाले भने ।
















प्रतिक्रिया