३१ आश्विन २०८३, शनिबार

दशरथ रङ्गशाला छिट्टै पुनःनिर्माण हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त दशरथ रङ्गशाला पुनःनिर्माणको काम अघि बढिसकेको र छिट्टै सम्पन्न गरिने बताउनुभएको छ ।

मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएको नेपाली टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उहाँले फुटबल लगायत खेल क्षेत्रको विकासका लागि विशेष योजना बनाएर सरकार अघि बढ्न लागेको बताउनुभयो ।

खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै उहाँले उक्त जितले नेपाल र नेपालीको मनोबल उच्च भएको पनि विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कावा अध्यक्ष मणि कुँवरले क्षतिग्रस्त दशरथ रङ्गशालाको पुनःनिर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली टोलीलाई सरकारले जनही रु तीन लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । नेपालले फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो । रासस