काठमाडौं, २ मंसिर । राजधानीमा विहिबार ग्यास सिलिण्डर पड्किदा एकै परिवारका दुई जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–२२ टेवहाल बस्ने ४० बर्षीय बाबुराजा महर्जन र उनकी श्रीमती ३८ बर्षीया सोभा महर्जन ग्यास सिलिण्डर पड्किदा घाइते भएका हुन् ।
विहिबार सोभा महर्जनले घरमा ग्याँस चुलो बाल्ने क्रममा सिलिण्डर लिक भई पड्किदा दुवैजना जलेर घाइते भएकोले उपचारको लागि विर अस्पतालमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया