२ मंसिर २०८३, बुधबार

बरिष्ठतालाई मात्रै हेर्ने हो भने म आफै पनि मन्त्री हुने अवस्थामा छैन्ः गगन थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-minister

काठमाडौं, २ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीले उठाएको बरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने मागमा समर्थन जनाउन नसकिने स्पष्ट पार्नुभएको छ ।

बिहीबार स्वास्थ्य पत्रकार मञ्चका प्रतितिधिसंगको भेटघाटमा बरिष्ठता खोज्ने हो भने म आफै मन्त्री हुने अवस्थामा छैन् भन्दै मन्त्री थापाले योग्यता, कार्यक्षमता र दक्षताका आधारमा जो सुकै डीन बन्न सक्ने बताउनुभयो ।

डा. केसीले उठाउदै आएका शुल्क लगायतका अन्य सबै मागमा आफ्नो समर्थन रहेको तर, बरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने भन्ने मागमा आफ्नो समर्थन नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘स्वास्थ्य मन्त्रालय मातहतका निकायमा मैले गरेका नियुक्तिमा बरिष्ठता भन्दा पनि योग्यता पुगेका र दक्षता भएकालाई प्राथमिकता दिएको छु । मै आफै पनि बरिष्ठता खोज्ने हो भने मन्त्री हुने अवस्थामा पुगेको थिइन । त्यसैले बरिष्ठता मात्रै भन्ने चाँही हुँदैन् ।’