२ मंसिर २०८३, बुधबार

बालुवाटार बैठक: संविधान संशोधनबारे प्रमुख दलका शीर्ष नेताबीच नयाँ समझदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-party

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने समझदारी गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुबीच यस्तो समझदारी भएको हो ।

बैठकमा संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी पनि भएको छ । प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बूंदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।