२ मंसिर २०८३, बुधबार

एमालेको समर्थनविना संविधान संशोधन असंभव छ : कांग्रेस नेता श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinkaji-shrestha-congressकाठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले संविधान संशोधनमा प्रमुख विपक्षी दल एमालेको समर्थन अनिर्वाय रहेको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मुख्य सचेतक श्रेष्ठले संसदको दोस्रो ठूलो दल एमालेको समर्थनविना संशोधन प्रस्ताव अगाडि बढाउन नहुने बताउनुभयो । ‘संविधान संशोधन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘संसदको दोस्रो ठूलो दल एमालेको समर्थन अनिर्वाय छ ।’

कांग्रेस मुख्य सचेतक श्रेष्ठले एमालेलाई चिढ्याएर सहमतिको राजनीति नहुने उल्लेख गर्नुभयो । ‘एमालेसँग सहमतिको राजनीति गर्नु अनिर्वाय छ’, उहाँले भन्नुभयो, ‘एमालेको समर्थनविना संशोधन प्रस्ताव पारित पनि हुँदैन ।’