काठमाडौं, १ मंसिर । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टिमका दुई खेलाडीलाई पाँच दिने दुबई टुर गराउने अफर कान्तिपुर होलिडेजले दिएको छ ।
कम्पनीले सम्पूर्ण फुटबल खेलाडीमध्ये दुई जना उत्कृष्ट खेलाडी छानेर दुबई भ्रमणमा लैजाने बताएको छ।
कान्तिपुर होलिडेजको अफिसियल फेसबुक पेजमा भोटिङको विकल्प दिइएको छ ।
‘जसको भोट धेरै आउँछ उहाँहरुलाई भ्रमणमा लाने छौ’ कान्तिपुर होलिडेजका कार्यकारी प्रबन्ध रमेश पराजुलीले बताए ।
















प्रतिक्रिया