लन्डन, १ मंसिर । विश्वकप फुटबल छनोटअन्तर्गत अर्को खेलमा चिलीले उरुग्वेलाई ३–१ ले हराएको छ ।
मंगलबार राति भएको खेलमा उरुग्वेका एडिन्सन काभानीले पहिलो गोल गरे पनि चिलीका अलेक्सिस सान्चेजले दुई तथा एडुवार्डो भार्गासले एक गोल गर्दै टोलीलाई विजयी गराएका हुन् ।
लेटिन अमेरिकी समूहकै अन्य खेलहरुमा बोलिभियाले पाराग्वेलाई १–० ले हराएको छ ।
उता ईक्वेडरले भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । – एजेन्सी















प्रतिक्रिया