३१ आश्विन २०८३, शनिबार

नेपालले जित्यो सोलिडारिटी कपको उपाधि, मकाउ १-० गोलले पराजित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afc-soledarity-cup

काठमाडौं, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको छ ।

मलेसियाको सरावक स्टेडियममा भर्खरै सम्पन्न फाइनल खेलमा मकाउलाई १-० गोल अन्तरले पराजित गर्दै नेपालले सोलिडारिटी कप उचालेको हो ।

योसँगै नेपालले ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेर इतिहास रचेको छ । र, महादेशीय प्रतियोगितामा नेपालले उपाधि जितेको यो नै पहिलो हो ।

नेपालका लागि खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । जून जितका लागि निर्णायक बन्यो ।

हेर्नुस् भिडियोः