२ मंसिर २०८३, बुधबार

अवकाशपछि ओबामाले वर्षेनी पाउनेछन् यस्ता सुविधा, पेन्सन मात्रै २ करोड

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Germany US Obama

काठमाडौं, ३० कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामा अब केही दिनमै रिटायर अर्थात अवकाश पाउँदैछन् । क्यापिटल हिलको जिम्मेवारीबाट मुक्त भएपछि ओबामाले थुप्रै सुविधाहरु पाउनेछन् ।

१९५८ भन्दा पहिला कुनैपनि अवकाशप्राप्त अमेरिकी राष्ट्रपतिलाई कुनै प्रकारको सुविधा र पेन्सन दिइदैनथ्यो । तर, १९५८ पछि अमेरिकी कांग्रेसमा कानूनमा संशोधन गरेर पूर्व राष्ट्रपतिलाई सुविधा दिने निर्णय गरियो ।

बराक ओबामाले के के सुविधा पाउँछन् ?

– बराक ओबामाले पेन्सनका रुपमा वार्षिक २ करोड रुपैयाँ पाउनेछन् । यो पेन्सन उनले ह्वाइट हाउस छाडेकै दिनदेखि सुरु हुनेछ । यो टेक्सेबल हुनेछ ।

– अवकाशपछि ओबामालाई ट्रान्सिशन फण्ड मिल्नेछ । यो उनले ह्वाइट आउस छाडेको ७ महिनासम्म मिल्नेछ । यसमा अफिस स्पेस, स्टाफ कम्पेनसेशन, कम्युनिकेशन सर्विस, प्रिन्टिंग र पोष्टसँग जोडिएका खर्च समावेश छन् ।

– ओबामालाई अफिस र स्टाफ राख्नकालागि समेत फण्ड मिल्नेछ । यो १ करोडभन्दा बढी हुनुहुँदैन् । यो फण्ड उनलाई सुरुआती ३० महिनासम्म मिल्नेछ । त्यसपछि यो रकम १ करोडबाट घटाएर ६४ लाखमा झारिनेछ ।

– ओबामा मिलिट्री हस्पिटलमा आफ्नो उपचार गराउन सक्छन् । उनलाई सरकारको हेल्थ बेनिफिट्स प्रोग्रामअन्तर्गत हेल्थ इन्सुरेन्स पनि मिल्नेछ ।

– ओबामालाई राष्ट्रपति पदबाट रिटायर भएपछि पनि लाइफटाइम (जीवनभर) सिक्रेट सर्विस प्रोटेक्सन मिल्नेछ ।

– अवकाशपछि जहिले पनि ओबामा अफिसियल भिजिट गर्नेछन् तब उनलाई ट्रेवल एक्सपेन्स पनि पाइनेछ ।