२ मंसिर २०८३, बुधबार

राप्रपा र राप्रपा नेपालवीच चार बुँदे सहमति, मंसिर ६ गते एकीकरण घोषणा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-kamal-thapaकाठमाडौं, ३० कात्तिक । राप्रपा र राप्रपा नेपालवीच मंगलबार बिहान भएको चार बुँदे सहमतिसँगै मंसिर पहिलो हप्ता दुई पार्टी एक हुने भएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित पशुपति शम्शेर राणाको निवासमा मंगलबार बिहान भएको चार बुँदे सहमति अनुसार माघ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

‘राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरणका लागि चार बुँदे सहमति भएको छ’, गिरीले भन्नुभयो, ‘मंसिर ६ गते काठमाडौंमा विशेष कार्यक्रम राखेर दुई राप्रपा एकताको घोषणा हुनेछ ।’

चार बुँदे सहमतिमा दुई पार्टीको एकीकरणका लागि तयार पारिएको अन्तरिम विधानलाई अनुमोदन पनि गरिएको छ ।

दुई राप्रपाले प्रजातान्त्रिक शक्ति र नेपाललाई हिन्दू राष्ट्र घोषणाको अभियानलाई मजबुद बनाइ जाने विषयमा आफ्नो कार्य नीति तयार पारेका छन् ।rpp-s