२ मंसिर २०८३, बुधबार

सुजातालाई ५० लाख दिने निर्णयबाट प्रधानमन्त्री भाग्न खोजे, देउवालाई लगाए दोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णयबाट आफू भाग्न खोजेका छन् ।

आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्च दिने निर्णय गरेको भएपनि दाहालले दोष काँग्रेस सभापति शेरबहादुर देउवालाई लगाएका छन् । उनले देउवाकै दबाबमा आफूले ५० लाख दिने निर्णय गराएको दाबी गरेका छन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा पत्रकार भुषण दाहालसँगको अन्तर्वार्तामा उनले कांग्रेस सभापति देउवाले उपचार दिनैपर्छ भनेपछि आफूले मन्त्रिपरिषदबाट निर्णय गराएको दाबी गरे ।

‘सुजाता कोइराला कांग्रेसकी नेतृ हुन् । गिरिजाप्रसाद कोइरालाकी छोरी पनि हुन् । उनलाई घातक रोग लागेको सत्य हो । खर्च व्यहोर्ने विषयमा नयाँ कार्यविधि बनिसकेको अवस्था छैन् । पुरानै विद्यमान रहेको अवस्थामा यो सहयोग दिने निर्णय गरिएको हो,’ उनले भनेका छन्– ‘सुजाता कोइरालाले मेरै नाममा उपचार खर्च सहयोगका लागि चिठी लेखेर पठाउनु भएको थियो र एक करोड माग्नु भएको थियो । शेरबहादुर जीले दिनैपर्छ भन्नुभो । त्यसकारणले ५० लाख रुपैयाँ दिइएको हो ।’

यसअघि स्वास्थ्यमन्त्री गगनले यो निर्णयमा असहमति जनाइसकेका छन् । उनी आफू क्याविनेट बैठकमा सहभागी नभएको भन्दै यो निर्णयबाट पन्छिन् खोजिरहेका छन् । मन्त्रिपरिषद् स्रोतका अनुसार यो निर्णय गृहमन्त्री विमलेन्द्र निधिको ठाडो प्रस्तावमा प्रचण्डले क्याविनेटबाट पारित गराएका थिए ।

हेर्नुस् भिडियोः