पोखरा, ३० कात्तिक । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको पोखरा महाधिवेशन थप दुई दिन लम्बिएको छ ।
नेविसंघ र महिला संघको महाधिवेशनले कार्यकर्तालाई निराशा बनाएको भन्दै पार्टीभित्र एकताको सन्देश दिन विधान संशोधन गरी सर्वसम्मति गर्नुपर्ने भएकाले महाधिवेशन दुई दिन लम्बाइएको एक नेताले बताए ।
सर्वसम्मत नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्काबीच सहमति भएपछि प्रक्रिया पूरा गरेरै अगाडि बढ्ने भएका छन् ।
तीन समूहले छुट्टाछुट्टै विधान पेस गरेपछि अन्तिम विधान तयार गर्ने जनाइएको छ ।
संशोधित विधानमा सातै प्रदेशका लागि एक–एक उपाध्यक्ष र सचिव हुनेछन् ।
महामन्त्री वा महासचिव के राख्ने भन्ने टुंगो नभए पनि त्यो पदमासमेत दुईजना हुने स्रोतले बताएको छ ।











प्रतिक्रिया