३१ आश्विन २०८३, शनिबार

फाइनलमा नेपाल आज मकाउसँग भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं, ३० कात्तिक । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा नेपालले मंगलबार मकाउसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ ।

नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै कुनैपनि एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक फाइनलमा ठाउँ बनाएको हो ।

त्यसैगरी, मकाउले पनि सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ब्रुनाईलाई हराउँदै फाइनलमा ठाउँ बनाएको हो ।

सोमबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी क्योतोकु कोजीले पहिलो प्रतियोगिताको पहिलो च्याम्पियन बन्न टिम लालायित भएको बताएका छन् ।