काठमाडौं, २९ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मंगलबार मकाउको समाना गर्दैछ ।
नेपाली टोली फइनल खेल्न तयार भएको छ । फाइनल खेल्नुपूर्व नेपाली टोलीका चर्चित स्ट्राइकर बिमल घर्तीमगरले मकाउसँगको खेल टिमको मात्रै नभएर सम्पूर्ण नेपालीको रहेको बताएका छन् ।
बिमलले फेसबुकमा मंगलबार हुने मकाउसँग तीन करोड नेपाली खेल्ने र नतिजा आफूहरुको पक्षमा आउने आशा रहेको उल्लेख गरेका छन् । यो खेल टिमका ११ खेलाडीको मात्रै नरहेको उनको भनाई छ । उनले भनेका छन्– ‘भोली मकाउसंग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ । आशा गरौ नतिजा हाम्रो पक्षमा आउनेछ ।’
नेपाल र मकाउबीचको फाइनल खेल नेपाली समय अनुसार मंगलबार बेलुका ५ बजेर १५ मिनेटमा हुनेछ ।
















प्रतिक्रिया