२ मंसिर २०८३, बुधबार

रौतहटमा प्रहरी र हतियारधारी समूहबीच यसरी भयो भीडन्त, एक भारतीय मारिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हतियारसहित एक पक्राउ
घटनास्थलमा भेटिएको हतियार ।

रौतहट, २९ कात्तिक । प्रहरी चेकिङ टोली माथी एक्कासी फायरिङ भएपछि प्रहरीले जवाफी फायर गर्दा कोरैया लौखान ढाका पुर्बी चम्पारन बिहार भारत बस्ने ४४ बर्षीय तेजीलाल साहको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देवाही–८ स्थित लालबकैया खोलाको बाध हुदै अज्ञात समूहले हातहतियार लिएर आउदै छ भन्ने बिशेष सूचनाको आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटीएको संयुक्त प्रहरी टोली सोमबार विहान उक्त स्थानमा खटी गई चेकजाँच गर्ने क्रममा प्रहरी चेकिङ टोली माथी एक्कासी फायरिङ गर्दा प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए ।

प्रहरी माथि फयरिङ भएपछि जवाफी फायर गर्दा घाइते भएका साह र प्रहरी जवान सुरेन्द्र चौधरीलाई उपचारको लागि जिल्ला सरकारी अस्पताल गौर ल्याउदै गर्दा डाक्टरले साहलाई मृत घोषणा गरेका थिए । हात र खुट्टामा चोट लागेका प्रहरी जवान चौधरीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि चुरेहिल अस्पताल हेटौडामा लगिएको छ ।

घटनास्थलबाट प्रहरीले बट नभएको ईन्सास राईफल १ थान, सोको १५ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, सानो चाईनिज पेस्तोल जस्तो देखिने ईटालियन पेस्तोल १ थान बरामद गरेको छ ।

फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियारसहित एक पक्राउ

यस्तै रौतहटको विश्रामपुर–९ बस्ने ४५ वर्षीय रामजी मुखिया विनलाई प्रहरीले एकनाले बाह्र बोर बन्दुक १ थान सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार चन्द्रपुर नगरपालिका–१५ स्थित बलुवा नहरबाट सेतो प्लाष्टिकको बोरा भित्र फोल्डिङ गरी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।