काठमाडौं, २९ कात्तिक । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णयपछि स्वास्थ्यमन्त्री गगन थापा धर्मसंकटमा परेका छन् ।
पञ्चायतकालका सक्रिय राजनीतिज्ञ तुलसी गिरीको उपचार खर्च रोक्ने गगन आफै मन्त्री भएको क्याबिनेटले आफ्नै पार्टीकी नेतृ सुजातालाई ५० लाख उपचार खर्च दिने निर्णयपछि नैतिक संकटमा परेका हुन् ।
सुजातालाई आइतबार गृहमन्त्री विमलेन्द्र निधिको ठाडो प्रस्तावमा ५० लाख उपचार खर्च दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । जसमा गगनले असहमति जनाइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयले ल्याएको विशिष्ट व्यक्तिलाई १५ लाखसम्म उपचार खर्च दिने कार्यविधीलाई लत्याएर ५० लाख दिने निर्णय भएपछि थापालाई अब क्याविनेटमा बसिरहन नमिल्ने जानकारहरुको भनाई छ । ‘जुन मन्त्रिपरिषदमा उनको कुनै भ्यालु छैन्, त्यहाँ बस्नु उचित हुँदैन्,’ पत्रकार एवं विश्लेषक विजयकुमार पाण्डे भन्छन्– ‘ प्रधानमंत्रीय पद्दतिमा मन्त्रिमण्डलको निर्णयसित ‘सार्वजनिक असहमति’ जनाइसके पछि त्यहि मंडलमा, मंत्री बसी रहनु शोभनिय होइन ।’
उपचार खर्च दिने निर्णय गृहमन्त्रीको प्रस्ताव र प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा भएपछि सामाजिक सञ्जालमा गगनले नैतिकतामा लागि भएपनि राजीनामा दिनुपर्ने आवाज उठेको छ ।
सामाजिक सञ्जालबाट चौतर्फी नैतिकताको आधारमा राजीनामा मागिएपछि गगनलाई धर्म संकट आइलागेको छ ।
कसले के भने ?
प्रधानमंत्रीय पद्दतिमा मंत्रीमण्डलको निर्णयसित 'सार्वजनिक असहमति' जनाइसके पछि त्यहि मंडलमा, मंत्री बसी रहनु शोभनिय होइन ।
— Vijay Kumar Panday (@Vijaykumarko) November 14, 2016
सुजातालाई दिइएकाे ५० लाखलाई नै उपचार खर्च लुटकाे अन्तिम अध्याय बनाउन सकिएन भने…
लुटकाे इतिहासमा अरु कैयन अध्याय थपिने छ !!
— Rajkumar Regmi (@rajkumar_regmi) November 14, 2016
















प्रतिक्रिया