२ मंसिर २०८३, बुधबार

संविधान संशोधनका लागि प्रधानमन्त्रीलाई मधेसी मोर्चाको १५ दिने अल्टिमेटम

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-morcha

– विमल योगी

काठमाडौं, २९ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई थप १५ दिनको समय दिएको छ ।

सोमबार विहान प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले मंगलबारदेखि लागु हुनेगरी १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्न अल्टिमेटम दिएको दिएको हो ।

यसअघि मोर्चाले कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव ल्याउन माग गरेको थियो ।

प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्रीसँगको छलफलपछि मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनमा सरकार सकारात्मक देखिएको बताए । ‘संविधान संशोधनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । संशोधन गृहकार्य गर्नका लागि थप समय दिएका हौं,’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार प्रधानमन्त्री दाहालले मधेसी नेताहरुसंगको छलफलमा ‘तपाईहरुका मागप्रति म गम्भीर छु । संशोधन प्रस्ताव छिट्टै आउँछ । तपाईहरुलाई निराश बनाउन्न’ भनेका थिए ।

मोर्चाको मागमा प्रधानमन्त्री सकारात्मक देखिएपनि कार्यान्वयन नहुँदासम्म आफूहरु ढुक्क हुने अवस्थामा नरहेको झाले बताए ।