२ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीसँग गठबन्धनले छलफल गर्ने, संशोधनमा दबाब दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-gahabndhanकाठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संघीय गठबन्धनले संविधान संशोधन र सरकार गठनका बेला भएको तीन बुँदे सहमतिका विषयमा छलफल गर्ने भएको छ ।

बिहान साढे दश बजे सिंहदरबारमा हुने भेटवार्तामा संशोधनका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री दाहालको निजी सचिवालयका अनुसार गठबन्ध र प्रधानमन्त्रीवीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ ।

संविधान संशोधनका लागि पहल नगरेको भन्दै गठबन्धनले असन्तुष्टि जनाउँदै आएको छ । प्रधानमन्त्री दाहालले कात्तिक मसान्तभित्र संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने जनाइ सक्नु भएको छ ।

तर प्रमुख विपक्ष दल नेकपा (एमाले)सँग कुरा नमिल्दा संशोधन प्रस्ताव सहमतिमा अगाडि बढ्नेमा अन्यौल छ ।