काठमाडौं, २८ कात्तिक । सरकारले नेपाली कांग्रेकी केन्द्रीय सदस्य सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्तन क्यान्सर भएकी सुजातालाई उपचार खर्च दिने निर्णय गरेको हो । क्यान्सरको उपचार गर्न सुजाता आइतबार नै सिंगापुर गएकी छन् ।
सुजाताले एक करोड उपचार खर्च मागेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिको दबाबमा मन्त्रिपरिषदबाट यो निर्णय भएको स्रोतले बतायो ।












प्रतिक्रिया