२ मंसिर २०८३, बुधबार

न्यूजिल्यान्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

newzeland
काठमाडौं, २८ कात्तिक । न्यूजिल्यान्डमा ७ दशमलब ४ रेक्टर स्कलेको शक्तिशाली भूकम्प गएको छ ।

आइतबार दिउँसो गएको यो भूकम्पले क्राइस्टचर्चबाट ९५ किलोमिटर (५९ माइल) टाढा केन्द्रबिन्दु बनाएको छ । बीबीसीका अनुसार क्राइस्टचर्चमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

यसअघि न्युजिल्याण्डमा सन् २०११ मा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प जाँदा १८० जनाको मृत्यु भएको थियो ।

विस्तृत विवरण आउन बाँकी छ ।