२ मंसिर २०८३, बुधबार

बन्द गराउँदै हिँडेका ‘विप्लव’ माओवादीका विद्यार्थी नेताहरू पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplav-maoकाठमाडौं, २८ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरीले काठमाडौंको कलंकीबाट अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहसहित १५ जनालाई पक्राउ गरेको छ ।

नेपाल बन्द सफल बनाउन भन्दै सडकमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले आइबार बिहानै नियन्त्रणमा लिएको हो । अखिल क्रान्तिकारीका अध्यक्ष सिंहका अनुसार बन्द सफल बनाउने क्रममा नारावाजी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

‘कालोबजारी र मूल्य वृद्धि विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा प्रदर्शन गर्ने क्रममा हामीलाई प्रहरीले पक्राउ गरेर कालीमाटी प्रहरीमा राखेको छ’, उहाँले भन्नुभयो, ‘केही साथीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।’

प्रहरीले कालीमाटीबाट अध्यक्ष सिंहका साथै लालबहादुर तामाङ, दीपेन्द्र चलाउने, नवराज भट्टराई, लोकेश विश्वकर्मा, गणेश रैकाल, टंक जोशी, टीकाराम सुनार, उज्वल शाही, अनुशिल न्यौपाने, विनोद लुइटेल, सन्तोष सोनी, लक्ष्मण विक, रविन केसी, उषाकिरण आजादसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् ।

यसअघि शनिबार राति प्रहरीले काठमाडौंको कलंकीबाट राष्ट्रिय युवा जनस्वयंसेकका आठ जना नेताहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जीवन लामा, सुरेन्द्र घलान र सञ्जीव तामाङसहितका रहेका छन् ।