काठमाडौं, २७ कात्तिक । नेपाल कीर्तिमान रच्दै मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक फाइनलमा पुगेको हो । एसियाली स्तरको प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेर नेपाली राष्ट्रिय टिमले इतिहास रचेको छ ।
मकाउसँग भिड्ने पक्का
फाइनलमा पुगेर इतिहास रचेको नेपालले सोलिडारिटी कपको उपाधिका लागि मंगलबार मकाउसँग खेल्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा शनिबारै भएको दोस्रो सेमिफाइनलमा बु्रनाईलाई टाइब्रेकरमा ४–३ ले हराएर फाइनलमा पुगेपछि मकाउ नेपालको प्रतिद्वन्द्वी बनेको हो ।
मकाउ समूह ‘बी’को विजेता हुँदै सेमिफाइनल पुगेको हो । यसअघि समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ । फाइनल खेल मंगलबार नेगेरी रङ्गशालामै हुनेछ ।
















प्रतिक्रिया