३१ आश्विन २०८३, शनिबार

देउवा सहभागी कांग्रेसको कार्यक्रममा युवा संघ अध्यक्ष पहारीलाई तालीको वर्षा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

पोखरा, २७ कात्तिक । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारीले नेपाली कांग्रेसलाई लोकतन्त्र समाप्त गर्न तल्लिन लोकमान तन्त्रको बचाउमा नलाग्न चेतावनी दिनुभएको छ ।

पोखराको चिप्ले ढुङ्गामा शनिबारबाट सुरु भएको नेपाल तरुण दलको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले १२ वर्षमा खोलो फर्कन्छ भनेझै १२ बर्षमा अधिवेशन गर्न सफल भएकोमा तरुण दललाई बधाई दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधिसहित शीर्ष नेताहरु उपस्थित कार्यक्रममा अध्यक्ष पहारीले करिब १० मिनेट बोलिरहदा निरन्तर तालीको बर्षा भएको थियो ।

tarun-dal-pokhara

उहाँले संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई पारित गरेर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभयो । भारतभक्ति देखाएको कांग्रेस नेतृत्वले सोनिया गान्धी प्रधानमन्त्री नबनेको यथार्थ अंगीकृत नागरिकताको पछिल्लो बिबादमा अनुशरण गरे राष्ट्रहितमा हुने बताउनुभयो ।

त्यस्तै, पोखरा बिमानस्थल निर्माण कार्य केपी ओली प्रधानमन्त्री भएको बेलामा सुरु भएकोमा पछिल्लो समय चाइनिज कम्पनीले निर्माण कार्य सुरु गरिसकेको अवस्थामा हाल रोकिएकोमा तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

अधिकांश समय राष्ट्रिय राजनीतिका विषयमा पहारीले धारणा राख्दा कांग्रेसका युवा नेताहरुले निरन्तर ताली बजाएर समर्थन गरेका थिए ।

हेर्नुस् भिडियोः