२ मंसिर २०८३, बुधबार

नेपाल सोलिडारिटी कपको फाइनलमा, लाओसविरुद्ध शानदार जित

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimals-goal-celebraion-2

काठमाडौं, २७ कात्तिक । काठमाडौँ, २७ कात्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको नेगेरी रङ्गशालामा शनिबार सम्पन्न खेलमा नेपालले लाओसलाई ट्राइबेकरमा ३-० गोलअन्तरमा हराउँदै फाइनल प्रवेश गरेको हो । नेपालको जितमा गोलकिपर किरणकुमार लिम्बू(चेम्जोङ) नायक बने । उनले लाओसका खेलाडीका तीन पेनाल्टी प्रहारमध्ये दुईवटा छेके । लाओसका खेलाडीको अन्तिम प्रहार बाहिरिएपछि दुई पेनाल्टी हान्नुअघि नै नेपाल विजयी भएको हो । नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठ तीनैजना चुकेनन् ।

यसअघि निर्धारित ९० मिनेटमा एक–एक गोलमा खेल टुङ्गिएको थियो । लाओसका खेलाडीले १८औँ मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ४७औँ मिनेटमा विमल घर्ती मगरले उत्कृष्ट हेड गोल गरे । उनले भरत खवासको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि निर्धारित समयको खेल एक–एकको बराबरीमा सकियो र ३० मिनेट अतिरिक्त समय थपियो । निरन्तर आक्रामक खेल खेलेको नेपालका लागि अनन्त तामाङले १०४औँ मिनेटमा गोल गर्दै टोलीलाई जित नजिक पु¥याए । उनले हेमन गुरुङले मिलाएको पासमा हेडमार्फत सानदार गोल गरेका थिए । तर खेल सकिन ३ मिनेट बाँकी छँदा लाओसले खेलमा फर्किंदै ११७औँ मिनेटमा गोल ग¥यो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

मकाउसँग भिड्ने पक्का

फाइनलमा पुगेर इतिहास रचेको नेपालले सोलिडारिटी कपको उपाधिका लागि मंगलबार मकाउसँग खेल्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा शनिबारै भएको दोस्रो सेमिफाइनलमा बु्रनाईलाई टाइब्रेकरमा ४–३ ले हराएर फाइनलमा पुगेपछि मकाउ नेपालको प्रतिद्वन्द्वी बनेको हो ।

मकाउ समूह ‘बी’को विजेता हुँदै सेमिफाइनल पुगेको हो । यसअघि समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ । फाइनल खेल मंगलबार नेगेरी रङ्गशालामै हुनेछ ।

bimals-goal-celebraion-1  football-nepal

हेर्नुस् भिडियोः