२ मंसिर २०८३, बुधबार

‘विप्लव’ माओवादीका युवाहरूद्वारा तीन महिने अभियान चलाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudeepकाठमाडौं, २७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले आजदेखि आफ्नो तीन महिने राष्ट्रका लागि युवा अभियान सञ्चालन गर्दैछ ।

मध्यान्ह १२ बजे वीर अस्पताल अगाडिबाट अभियानको उद्घाटन गरेर अभियान सञ्चालन हुनेछ । जनस्वयंसेवकले सरसफाई, भ्रष्टाचारविरुद्धको अभियानदेखि सहयोग डेस्क स्थापनाका काम गरिने राष्ट्रिय युवा जनस्वयंसेकका अध्यक्ष सुदीप मल्लले जानकारी दिनुभयो ।

नेपाल बन्दको पूर्वसन्ध्यामा जनस्वयंसेवकले रचनात्मक कार्यक्रम गरेर जनताको मन जित्न तीन महिने अभियान कार्यक्रम चलाउन लागिएको मल्लले बताउनुभयो ।