काठमाडौं, २६ कात्तिक । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकमान सिंह कार्कीर्लाइ अख्तियार प्रमुखमा भर्ना गरेर प्रमुख दलका शीर्ष नेताहरूले सदनमा आएर सबै कुरा खुलस्त पार्नुपर्ने माग गर्नुभएको छ ।
संसदको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष केसीले लोकमान सिंह कार्की अयोग्य छ भन्ने जान्दाजान्दै अख्तियार प्रमुखमा भर्ना गरेर नेपाली जनताको अपमान गरेको बताउनुभयो ।
‘राजाको हुकुमबाट कर्मचारी बनेर पछि लोकतन्त्र विरोधी र दमन गरेको लोकमानको विषयमा त्यति बेला सिफारिस गर्ने शीर्ष नेताहरूलाई जानकारी थियो होला सबै कुरा ?’, उहाँले भन्नुभयो, ‘उनीहरूलाई जानकारी भएर पनि बाध्यताले ‘अर्काकै करिया मइ के गरु भगवान’ भन्ने उखान जस्तै भएर गरेका छन् ।’
लोकमानको नियुक्तिमा सडकमा नागरिक समाज लगायतको ठूलो विरोध हुँदा पनि नियुक्त गरेको प्रसङ्गा जोड्दै अध्यक्ष केसीले भन्नुभयो, ‘अहिले तर खाएको नदेख्ने र विरालो मारेको देख्ने ? लोकमानको नियुक्ति गर्ने दल र नेता गल्ती नहुने अहिले महाभियोग लगायौँ भनी हल्ला गर्ने काम भएको छ ।’
उहाँले भन्नुभयो, ‘अहिले त्यतिबेला उनलाई सिफारिस गर्ने दलका नेताहरूले यो सदनमा हामीले यस कारण बाध्य भएर भर्ना गरियो भनेर माफी माग्नु पर्छ ।’
‘त्यतिबेलाका राष्ट्रपति (रामवरण यादव)ले म बाध्य भए भनेका थिए’, अध्यक्ष केसीले भने, ‘अहिले पनि मच्चियो–मच्चियो थच्चियो भने जस्तो अवस्था आउन दिनु हुँदैन ।’
अध्यक्ष केसीले संसदभित्रका ठूला दलका नेताहरूले लोकमानलाई नचिनेर अख्तियार प्रमुख बनाएका होइनन् भन्दै उनीहरूवीच कुरा नमिलेर यो बबण्डर बाहिर आएको हो ।











प्रतिक्रिया