२ मंसिर २०८३, बुधबार

करोडौंको यो कार चढ्नेछन् नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्प, के-के छन् विशेषता ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

us-president-trump-car

काठमाडौं, २६ कात्तिक । संसारकै शक्तिशाली देश अमेरिकाको नयाँ राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड जे ट्रम्प निर्वाचित भइसकेका छन् । यस्तोमा उनको सुरक्षाका लागि उनको ‘वेष्ट’ कारको तयारी गरिँदैछ ।

ट्रम्पले जनवरी २० मा पदभार सम्हाल्नेछन् । यस्तोमा राष्ट्रपतिको ‘ब्लास्ट प्रुफ’ कारलाई एउटा नयाँ रंग रुप दिइदैछ । जसको जिम्मेवारी जनरल मोटर्सलाई दिइएको छ । यसका लागि कम्पनीलाई ५ मिलियन डलर (करिब १०० करोड)को फण्ड जारी गरिएको छ ।

समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपतिको कार विश्वकै सबैभन्दा राम्रो कार मानिन्छ । कारमा संसारकै सबैभन्दा रामो सुरक्षा प्रविधिको प्रयोग गरिन्छ । ह्वाइट हाउसमा १२ कार राखिन्छ । जसमा हरेक कार बनाउनमा १.५ मिलियन डलर (करिब १६ करोड रुपैयाँ) खर्च हुन्छ ।

कारको टायरलाई ‘केवलार’ कोटेड बनाइन्छ जसका कारण टायर पञ्चर हुँदैन् । यदि पञ्चर भइहाले टायरको स्टील रिम यदि मजबूद बनाइएको हुन्छ कि आरामसँग चल्नसक्छ । कारको स्पीड प्रतिघण्टा ६० किलोमिटर हुन्छ ।

कारमा नाइट भिजन क्यामरा, जीपीएस, ट्रैकिंग, गन सेटेलाइट कम्यूनिकेशन सिस्टम जडान गरिएको हुन्छ । यसलाई साउण्ड प्रुफ बनाइन्छ । जसबाट राष्ट्रपतिलाई बाहिरी आवाज सुनिदैन् । यसमा राष्ट्रपतिको ब्लड ग्रुपको दुई युनिट ब्लड राखिन्छ जसबाट कुनै पनि आपतकालिन अवस्थामा ब्लड चढाउन सकिन्छ ।

us-president-car us-president-car-3 us-president-car-2 us-president-car-1