२ मंसिर २०८३, बुधबार

मधेसी मोर्चाद्धारा संसद बैठक बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसदको शुक्रबारको बैठक बहिष्कार गरेको छ ।

सरकारले मधेसका माग सम्बोधनमा बहानाबाजी गरेको भन्दै सरकार निर्माण हुँदा भएका तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै मोर्चाले संसद बैठक बहिष्कार गरेको सद्भावना महासचिव मनीष सूमनले बताए ।

बैठक सुरु भएलगत्तै संघीय समाजवादी फोरमका नेता अशोक राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म सदनको काम कारबाहीमा सहभागी नहुने धारणा राखे ।

अशोक राई बोलिसकेपछि मोर्चामा आबद्ध मधेसवादी दलका सांसदहरु नाराबाजी गर्दै बैठकबाट बाहिरिएका छन् ।