काठमाडौं, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आवद्ध रहेको संघीय गठबन्धनले संसदको बैठक बहिष्कार गर्ने भएको छ ।
संसदको आजको बैठकमा आफ्ना मागका विषयमा धारणा राखेर बहिष्कार गरेर आफ्ना सांसदहरू बाहिरिने गठबन्धनले जनाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले आजको संसद बैठक बहिष्कार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
संविधान संशोधनका लागि दबाब दिँदै आएको गठबन्धनले सरकार गठनका बेला भएको तीन बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै आएको छ । गठबन्धनले प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा अवगत पनि गराउने तयारी गरेको छ ।











प्रतिक्रिया