२ मंसिर २०८३, बुधबार

संघीय गठबन्धनको बैठक तीनकुनेमा बस्दै, समग्र राजनीतिक विषयमा समीक्षा हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morchaकाठमाडौं, २५ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन, भावी रणनीतिका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी मुख्यालयमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

‘संविधान संशोधनको प्रस्ताव कात्तिक मसान्तभित्र संसद सचिवालयमा दर्ता गर्ने प्रधानमन्त्रीबाट आश्वासन पाएका थियौँ’, उहाँले भन्नुभयो, ‘सो विषयमा अहिलेसम्म के भएको छ भनेर बैठकमा समीक्षा हुनेछ ।’

सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले पनि अहिलेसम्म सत्तारुढ दलहरूले गठबन्धनसँग गरेको सहमति र कार्यान्वयनको समीक्षा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार गठन भएपछि संघीय गठबन्धन र मधेसी मोर्चाले उठाएका माग कति पूरा भए कति पूरा भएनन् समीक्षा गर्ने बेला भएको छ ।’

बालुवाटारमा पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनवीच कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने सहमति भएको थियो ।