२ मंसिर २०८३, बुधबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Bidhya

काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोलान्ड जे ट्रम्पलाई बधाई दिनुभएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले आज नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई छुट्टाछुट्टै बधाई सन्देश पठाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको सन्देशमा ट्रम्प अमेरिकाको ४५ आँै राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापनका साथै दुवै मुलुकका जनताको आपसी हितका लागि अझ समिपमा रहेर काम गर्ने अभिलाषा रहेको उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्रीको सन्देशमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल–अमेरिकाको आगामी सम्बन्ध अझ बलियो र सशक्त हुने विश्वास व्यक्त गरिएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस