३१ आश्विन २०८३, शनिबार

ट्रम्पलाई फोन गरेर हिलारीले के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hilari-clinton-sad

काठमाडौं, २४ कात्तिक । अमेरिकाको ४५ राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई डेमेक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले टेलिफोन गरेर बधाई दिएकी छन् ।

आफ्नो सम्बोधनका क्रममा पनि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले फोन गरेर आफूलाई बधाई दिएको बताए । जवाफमा ट्रम्पले अमेरिकालाई विशाल बनाउने र आफूलाई भोट दिएका र नदिएका दुवै पक्षलाई सँगै लिएर अघी बढ्ने प्रतिबद्धता जनाए ।

राष्ट्रपति चुनावमा पराजित हिलारीले आज सार्वजनिक सम्बोधन भने नगर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्नो सम्बोधनमा ट्रम्पले विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्ने प्रतिबद्धता जनाए । ‘हामी विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्नेछौं । दुस्मनसँग पनि मित्रता हुनेछ ।’