
काठमाडौँ, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् ।
अहिलेसम्मको मतगणनामा ट्रम्पले निरन्तर अग्रता लिइरहेका छन् । जितका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोल मत आवश्यक पर्नेमा ट्रम्पले २४४ मत पाएका छन् भने हिलारीले २१५ मत प्राप्त गरेकी छिन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जित्ने सम्भावना न्यून बनेको विश्लेषण गरिएको छ । हिलारी र ट्रम्पका समर्थकहरु अहिले निर्वाचन परिणामको व्यग्र प्रतिक्षामा छन् ।
अपडेटका लागि दैनिक नेपाल हेर्दै गर्नुहोला ।











प्रतिक्रिया