काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा निकै विवादास्पद बनेको यसपटकको निर्वाचनमा ६ वटा रेकर्ड बन्ने निश्चित भएको छ ।
निर्वाचनमा हिलारी र ट्रम्पमा जसले जिते पनि यी रेकर्ड बन्ने निश्चित भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्ता छन् निर्वाचनपछि बन्ने रेकर्ड:
१) राष्ट्रपतिमा महिला उम्मेदवारः– हिलारीले जिते अमेरिकाले पहिलो पटक महिला राष्ट्रपति पाउनेछ । उनी मुख्य पार्टीको पहिलो महिला उम्मेदवार पनि हुन् । यसअघि सन् २००८ मा रिपब्लिकन उम्मेदवार जोन मैक्केनले उपराष्ट्रपतिमा सारा पोलिनलाई छानेका थिए तर, उनी चुनाव हारे ।
२) न्यूयोर्कसंगको साइनोः– सन् १९४४ पछि पहिलो पटक दुवै मुख्य पार्टीका उम्मेदवार न्यूयोर्ककै हुनु । त्यतिबेला न्यूयोर्ककै फ्रेंकलिन डी रुजवेल्ट र थोमस इ डिवेवीच प्रतिष्पर्धा भएको थियो । ७१ वर्षपछि कुनै न्यूयोर्कका वासिन्दा राष्ट्रपति हुनेछन् ।
३) उमेरको रेकर्डः – ट्रम्पले जिते सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन् भने हिलारीले जिते दोश्री बढी उमेरकी राष्ट्रपतिमा दरिने छिन् । रोनाल्ड रेगन ६९ वर्षमा राष्ट्रपति भएका थिए । ट्रम्पले १४ जुनमा ७० औं जन्मदिन मनाउँदै छन् । हिलारी २६ अक्टुवरमा ६९वर्ष पुगिन । उनले १८४१ मा राष्ट्रपतिबनेका विलियम ह्यारिसनको रेकर्ड तोडनेछिन् । विलियम अमेरिका वाहिर जन्मेका अन्तिम राष्ट्रपति थिए ।
४) धनको रेकर्डः – ट्रम्पले जिते सन् २००० पछि सबैभन्दा कम चुनावी खर्च गर्ने राष्ट्रपति हुनेछन् । ८० करोड डलर चुनावी खर्च गरेका ट्रम्पले ५० करोड आफ्नै खल्तीबाट हालेका हुन् । हिलारीको चुनावी खचै १.३ अरब डलर पुगिसकेको बताइन्छ ।
५) हिलारीले जिते डेमोक्र्याट्सको लामो शासनको रेकर्डः– हिलारीले जिते १८० वर्षपछि एउटा डेमोक्र्यास् राष्ट्रपतिले अर्कालाई पद हस्तान्तरण गर्नेछन् । यसअघि दुई पटक यस्तो भएको छ । १८६१ मा अन्तिमपटक यस्तो भएको थियो ।
६) अनुभवको माम्लोः – ट्रम्पले जिते ६० वर्षपछि यस्ता व्यक्ति राष्ट्रपति हुनेछन् जो कहिल्यै गर्भनर वा सांसद भएनन् । जबकी ४० वर्षे अनुभव भएकी हिलारीले जिते खान्दानी सक्रियताको रेकर्ड बन्नेछ ।












प्रतिक्रिया