३१ आश्विन २०८३, शनिबार

दुई प्रेमी राख्ने एलिसाको यसरी भयो हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatya-pakrauकाठमाडौं, २३ कात्तिक । आफूले माया गरेकी प्रेमिका अर्कैसँग लसपस गरेको थाहा पाएपछि युवकले युवतीको हत्या गरेको खुलासा भएको छ ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा भक्तपुर जिल्ला मध्यपुर ठिमी– २ बोडे बस्दै आएका रेशम भनिने मुक्तिनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । राजधानीमा मार्केटिङको पेशा गर्दै आएका १९ वर्षीय लामिछाने जिल्ला रामेछाप नगरपालिका– १ ओख्रेनी स्थायी घर भएका युवक हुन् ।

लामिछानेले सिन्धुपाल्चोक जिल्ला महांकाल– १ स्थायी घर भइ काठमाडौंको बुढानिलकण्ठमा बसोबास गर्दै आएकी २३ वर्षीया युवती सन्तोषी भन्ने एलिसा नेपालीको हत्या गरेर भक्तपुरमा बोराभित्र शव हालेर फालेका थिए । लामिछानेले एलिसालाई कात्तिक १२ गते हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एलिसाको शव भने कात्तिक २० गते फेला परेको थियो ।

एलिसा हराएको प्रहरीमा निवेदन परेपछि उनको धमाधम खोजी भइरहेको थियो । खोजी गर्दै जाने क्रममा बोडेतर्फ जाने कच्ची सडक किनारमा बोरामा प्याक गरेको अवस्थामा एलिसाको शव फेला परेपछि हत्यामा संलग्नको खोजी भएको प्रहरी भनाइ छ ।

यसरी भयो मायाप्रेम

एलिसा नेपाली र अभियुक्त मुक्तिनाथ लामिछानेवीच ०७३ साल वैशाख महिनामा बुढानिलकण्ठस्थित रिफ वाटर प्रोसेस नामको पानी फ्याकट्रीमा पहिलो पटक चिनजान भएको थियो । त्यसपछि यो जोडीले एउटै कम्पनीमा काम गर्न थाले । सोही बेलादेखि उनीहरूवीच प्रेमसम्वन्ध भएको अनुसन्धानबाट खुलेको छ ।

बेलाबेला प्रेमिकालाई पैसा

मुक्ति लामिछानेले आफ्नी प्रेमिका एलिसालाई खुशी बनाउन बेला–बेलामा पैसा समेत दिने गरेका थिए । एलिसाले पनि लामिछानेसँग रकम लिने गरेको प्रहरी भनाइ छ । पछि मुक्तिनाथ लामिछानेको आचरण ठीक नभएको कारण देखाएर पानी फ्याक्ट्रीका मालिकले कामबाट निकालि दिएका थिए ।

एलिसाको अर्को पनि प्रेमी

०७३ सालको दसैँ अगाडि एलिसा नेपालीको श्याम श्रेष्ठसँग प्रेम सम्वन्धको सुरुवात भएको मुक्तिनाथ लामिछानेले थाहा पाएपछि आक्रोशित बनेका थिए । सोही विषयमा एलिसा र मुक्तिवीच बेलाबेला झगडा पर्ने गरेको थियो । आफूले पैसा पनि दिएको र एलिसा अर्कै केटासँग लागेका कारण मुक्तिनाथलाई असह्य भएपछि हत्याको योजना बनाएका थिए ।

फिल्म हल नजिक बोलाए

कात्तिक १२ गते मुक्तिनाथ लामिछाने एलिसा नेपालीलाई फोन गरेर चावहिल गोपीकृष्ण हल नजिकै बोलाई बिहान करिव ९ बजे भेटेर चिया खाई बोडेतर्फ लामिछाने बस्ने घरमा सँगै गएका थिए । बिहान १० बजेतिर बोडेस्थित मुक्तिनाथको घरमा पुनः दुबैले चिया पकाएरका खाएका थिए । चिया खाई सकेपछि अभीयुक्त मुक्तिनाथले एलिसाको नयाँ प्रेमी श्याम श्रेष्ठको बारेमा सोधीखोजी गरेका थिए । सोही विषयमा बिबाद हुँदा र आफूले दिएको पैसाका बारेमा कुरा गर्दा एलिसासँग ठूलो झगडा भएको थियो । मुक्तिनाथले निजकै घरको भ-याङमुनी रहेको काठको गुन्द्री बुन्ने हत्तासोले एलिसाको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा चोट लागेपछि एलिसा कोठाको भुइमा लडेको र एलिसा लडेपछि मुक्तिनाथले पटक–पटक टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

बोरामा हालेर सडक छेउ फाले

alisa-deathहत्या पश्चात् मध्यान्ह करिव १२ बजेतिर मुक्तिनाथले मृतक एलिसा नेपालीको ज्याकेट, लेडिज ब्याग, जुत्ता तथा रगत लागेको कोठाको कार्पेट समेत एउटा बोरामा हाली घरबाट उत्तर पूर्वतर्फ करिव २ किलोमिटरको दुरीमा रहेको नीलबाराही जंगलमा लगेर फालेका थिए ।
एलिसाको कपडाहरू फालेपछि भौंतारिंदै मुलपानी हुँदै कोटेश्वर पुगेर एलिसाको बुबालाई मृत्तकै मोबाइलबाट फोन गरी हिन्दी भाषामा एलिसा चाहिने भए १ करोड ५० लाख ल्याउनु चेतावनी मुक्तिनाथले दिएका थिए । त्यसपछि उनी चावहिल हुँदै बोडे गएको अनुसन्धानबाट खुलेको छ ।

मध्यरात शवको ठेगान

सोही दिन राति करिव १० बजे मृतक एलिसाको शवलाई मुक्तिनाथको घरमा रहेको कुखुराको दाना हाल्ने प्लाष्टिकको बोरामा हाली आफ्नो घरभन्दा करिब २ सय मिटर पश्चिममा लगेर सडक किनारामा फालेका थिए । मुक्तिनाथले हत्यामा प्रयोग गरेको हत्तासो घर पछाडि फालेका थिए ।

आफै खोजीमा संलग्न

घटनाको सम्बन्धमा कोही कसैले शंका नगरोस् भनेर मुक्तिनाथले कात्तिक १३ गते मृतकको बुबासँगै सहयोगी जस्तो भएर हिंडेका थिए । प्रहरीकोमा समेत एलिसा हराएको खबर गर्न मुक्तिनाथ पुगेका थिए ।