काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतले अवहेलना मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ७ दिनभित्र आफै अदालतमा उपस्थित हुने आदेश दिएको छ ।
सर्वोच्चका न्यायधीश आनन्दमोहन भट्टराइको एकल इजलासले मंगलबार कार्कीलाई यस्तो आदेश दिएको हो । म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ भएको थियो ।
कार्कीको योग्यतासम्बन्धी मुद्दाको मूल निवेदनकर्ता ओमप्रकाश अर्यालले अवहेलानासम्बन्धी निवेदन दर्ता गराएका थिए ।
निलम्वित प्रमुख कार्कीका ज्वाइ प्रवल थापा, असइ नकुल गौतम, कानून मन्त्रालयका पूर्वसचिव प्रमोद कार्कीलाई निवेदनमा विपक्षी बनाइएको छ ।











प्रतिक्रिया