३१ आश्विन २०८३, शनिबार

सोलिडारिटी कप: ब्रुनाइसँग भिड्दै नेपाल, समूह विजेता बन्ने लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-football-team-malaysiya-1

काठमाडौँ, २३ कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ ।

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

त्यस्तै बराबरी गरे वा ३–० गोलअन्तरले हारेमा उपविजेता बन्नेछ । शनिबार भएको आफ्नो पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको नेपालको सेमिफाइनल सम्भावना बलियो छ ।

यसअघि पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको टिमोर लेस्टेको नेपालसँग बराबरी खेलेपछि सेमिफाइल यात्रा केही असहज बनेको थियो । यता ब्रुनाई भने एक खेल खेल्नुअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी छन् ।

यसैबीच खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीले ब्रुनाईले आफ्नो देश नजिकैको रङ्गशालामा खेल्ने अवसर पाएको हुनाले उसका लागि त्यो घरेलु मैदान सरह हुने भएकाले नेपाली खेलाडीले सजग भएर खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसका बीच हामी राम्रो प्रदर्शन गर्छौँ र जितकै लागि खेल्छौंँ ।”

सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो । रासस