काठमाडौं, २३ कात्तिक । भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, द्धिपक्षीय सम्बन्ध र सरोकारका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जनाउनुभएको छ ।

पूर्व प्रधानमन्त्री देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा जानुभएको थियो ।
गोवाको कार्यक्रम सकेर दिल्ली फर्किनुभएका देउवाले सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियासँग पनि भेटवार्ता गर्नुभएको थियो ।
देउवा भोलि बुधबार स्वदेश फर्कदै हुनुहुन्छ ।












प्रतिक्रिया