२ मंसिर २०८३, बुधबार

पाँच महिनापछि फेला पर्‍यो ओलीको अस्थिपञ्जर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asthi-panjarवालिङ, २३ कात्तिक । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ ।

दाङ जिल्ला घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी वीरबहादुर पुलामीले बताउनुभयो ।

गत असार ११ गते रातिदेखि सम्पर्कविहीन रहेका ओलीको अस्थिपञ्जर घाँस काट्ने पाखामा जाँदा मानिसको टाउकोजस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अस्थिपञ्जरसँगै रहेको नागरिकता, कपडा, टर्चलाइट, नम्बरसहितको मोबाइलबाट ओलीको अस्थिपञ्जरको सनाखत गरेको हो ।