३१ आश्विन २०८३, शनिबार

यी हुन् चीनले नेपालका लागि पठाएकी नयाँ राजदूत, काठमाडौं आइपुगिन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yu-hongकाठमाडौं, २२ कात्तिक । चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङलाई पठाएको छ । उनी सोमबार काठमाडौं आइपुगेकी छन् ।

राजदूत उ चुन्ताईको कार्यकाल सकिएको र नेपालमा भारतीय प्रभाव दिन प्रतिदिन बढिरहेका बेला चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो । चिनियाँ राजदूतावासका अनुसार ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ होङ बेइजिंगबाट थाइल्याण्डको बैंकक हुँदै सोमबार दिउँसो काठमाडौं ओर्लिएकी हुन् ।

एसिया मामिलामा दख्खल राख्ने होङ यसअघि इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत कार्यरत थिइन् ।

नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला रहेका बेला चीनले महिला राजदूत पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपालमा हाल अमेरिकी राजदूत पनि महिला नै छिन् ।

yo-hong