२ मंसिर २०८३, बुधबार

कांग्रेस सभापति देउवाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-1-1

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार (आज) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

भारत भ्रमणका क्रममा गोवामा आयोजित कार्यक्रम सकेर शनिबार साँझ दिल्ली फर्किएका देउवाले आज दिउँसो मोदीसँग भेट गर्न लागेका हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

देउवा सचिवालयका अनुसार सोमबार भेट्ने भनिएपनि समय निश्चित भएको छैन् ।

सभापति देउवाले सोमबार नै भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेट गर्ने कार्यक्रम छ । देउवाका सहयोगी भानु देउवाका अनुसार देउवा बुधवार स्वदेश फर्किने छन् ।