२९ आश्विन २०८३, बिहिबार

अक्षयकुमारको सुटिङ युनिट प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Akayakumar

काठमाडौं । भारतीय नायक अक्षयकुमार अभिनित फिल्म ‘बेबी’ सुटिङ गर्न आएको भारतीय फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिल्म सुटिङमा खटेको नेपालको सहयोगी समूहलाई पैसा नतिरी फर्किन खोजेको भन्दै उजुरी परेपछि फिल्म सुटिङ यूनिट र सहयोगी समूहलाई गौशाला प्रहरी प्रभागले नियन्त्रणमा लिएको हो ।

सुटिङ गर्दा ९५ लाख खर्च भए पनि ७० लाखमात्रै दिएर हिँड्न लागेपछि नेपाली सहयोगी समूहले उजुरी दिएका थिए ।

नायक अक्षयकुमार भने बुधवारै टर्की पुगेका छन् । सुटिङ युनिट विहिबार विहान भारत जाने तयारीमा थियो । विहीबार बिहानको प्लेन छुटेपछि आफूहरुलाई ५० लाखको क्षति भएको भारतीय पक्षले दाबी गरेको छ ।

फिल्म ‘बेबी’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र भक्तपुरमा सुटिङ गरिएको थियो । अक्षयकुमारको यो फिल्ममा नेपालको राष्ट्रियता र त्रिभुवन विमानस्थलका विषयमा भ्रामक प्रचार गर्न लागिएको पत्ता लागेपछि सुटिङ गर्न रोक लगाइएको थियो । तर, फिल्म निर्माण पक्षले स्क्रिप्ट परिवर्तन गरेर आएपछि बुधबार विमानस्थलमा फिल्म सुटिङ गर्न दिइएको थियो ।