२ मंसिर २०८३, बुधबार

अंगीकृतलाई राष्ट्रप्रमुख बनाउने प्रस्तावविरुद्ध अनेरास्ववियु आन्दोलनमा उत्रने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhil-press-releje

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने प्रस्तावविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय अस्मितामाथि धावा बोल्ने र स्वाधिनता र अखण्डतामाथि धावा बोलिए अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

सत्तापक्षले भारत र मधेसी मोर्चासंग लम्पसार परेर यस्तो निर्णय लिएको भन्दै त्यो नसच्चाए जनलहर सिर्जना गरेर अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ । सरकार भारतको इशारमा चलेको भन्दै महासचिव महरले यस्ता जनबिरोधी काम गरे अनेरास्ववियुले आन्दोलनबाटै सताच्युत गर्ने चेतावनी दिए ।

साथै अनेरास्ववियुले छलफल विनै ल्याइएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ ।

सरकारले ल्याएको भनिएको अंगीकृत नागरिक १० वर्ष बसोबासपछि राष्ट्राध्यक्ष बन्न पाउने संविधान संशोधनको प्रस्तावको सामाजिक संजालमा चौतर्फी बिरोध भइरहेको छ ।