३१ आश्विन २०८३, शनिबार

अंगीकृतलाई राष्ट्रप्रमुख बनाउने प्रस्तावको विरोधमा उत्रिए नारायणकाजी

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji Shrestha

काठमाडौं, २१ कात्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अंगीकृत नागरिकले १० वर्ष बसोबासपछि नेपालको राष्ट्रप्रमुख समेत हुन पाउने गरी ल्याइएको संविधान संशोधन प्रस्तावको विरोध गरेका छन् ।

कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न अंगीकृतलाई १० वर्षपछि संवैधानिक पद दिनेगरी ल्याएको प्रस्ताव सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत आइतबार नेता श्रेष्ठले अंगीकृत नागरिकता लिएको मान्छे राष्ट्र प्रमुख, सरकार प्रमुख हुनेगरी संविधान संशोधन हुनैनसक्ने बताए ।

उनले लेखेका छन्– ‘अंगीकृत नागरिकता लिएकालाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने गरी संविधान संशोधन हुन सम्भव छैन् । हुँदै हुँदैन ।’

सरकारले अंगिकृत नागरिकता लिएकालाई पनि १० वर्षपछि राष्ट्र प्रमुख, सरकार प्रमुखजस्ता संवैधानिक पदमा पुग्न योग्य हुने गरी संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चालाई दिएको खबर आएपछि त्यसको चर्काे विरोध भइरहेको छ ।