२ मंसिर २०८३, बुधबार

छठ पर्वका असरमा तीन दिन सार्वजनिक बिदा माग

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-mahatoकाठमाडौं, २१ कात्तिक । सद्भावना पार्टीले ‘छठ’ पर्वका बेला तीन दिन सार्वजनिक दिन सरकारसँग माग गरेको छ ।

छठ पर्वका अवसरमा शुभकामना दिँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चार दिनसम्म निष्ठापूर्वक मनाइने छठका कम्तिमा ३ दिन सार्वजनिक बिदा दिइनुपर्ने बताएका हुन् ।

‘छठ पर्व हर्सोल्लासका साथ मनाउन ३ दिनको सार्वजनिक विदा घोषणा गर्न सरकारसँग माग गर्छ’, विज्ञप्तिमा भनिएको छ । सरकारले छठ पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

छठ पर्व पछिल्लो समय पहाडी र तराईका जिल्लाहरूमा हिन्दू समुदायका अधिकांस परिवारहरूले मनाउन सुरु गरेका छन् ।