३१ आश्विन २०८३, शनिबार

सोलिडारिटी कप: नेपाल र टिमोर लेस्टेबीचको खेल सुरु (हेर्नुस् लाइभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौं, २० कात्तिक । एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा नेपालले पहिलो खेल टिमोर लेस्टेविरुद्ध खेलिरहेको छ ।

समूह ए मा रहेको नेपालले लेस्टेविरुद्ध खेल जिते समूहमा एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। समूह ए मा ३ टोली मात्र रहेको र लेस्टे यसअघि भएको खेलमा ब्रुनाईसँग पराजित भइसकेकोले नेपालको लागि अन्तिम ४ मा स्थान बनाउन जित पर्याप्त हुनेछ ।

उद्घाटन खेलमा लेस्टे ब्रुनाईसँग ४-० ले हारेको थियो। लेस्टेसँग बराबरी भए वा पराजित भए नेपालले सेमिफाइनल प्रवेशका लागि आगामी मंगलबारसम्म कुर्नुपर्नेछ । मंगलबार नेपालले दोस्रो खेलमा ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ ।

हेर्नुस् भिडियोः