काठमाडौं, २० कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो श्री एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
काठमाडौंबाट दोलखाको जिरीका लागि उड्ने क्रममा नाइनएन–एलएलएफ हेलिकप्टर दुर्घटनामा परेको हो । श्री एयर कर्पोरेटका निर्देशक अनिल मानन्धरका अनुसार हेलिकप्टरको अगाडि टर्किस एयरको विमान रहेका बेला पछाडीबाट उडाउन खोज्दा हेलिकप्टरको पछाडीको भाग ढिस्कोमा छोइएर दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनाबाट हेलिकप्टरको पछाडीको भागमा सामान्य क्षति पुगेको छ । हेलिकप्टरमा कोही पनि यात्रु नभएकाले मानवीय क्षति नभएको मानन्धरले बताए ।












प्रतिक्रिया